सुदुरपश्चिमको आमसभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली धनगढी जाने, सुरक्षा व्यवस्थामा कडाइ

कालो व्यानर, कालो मास्क र कालोझण्डामा प्रतिबन्ध

Kp oli nepali pm 20180828095734

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सुदुरपश्चिमको आमसभालाई सम्बोधन गर्न जाने भएपछि सुरक्षा व्यवस्था थप कडा पारिएको छ । उनले धनगढीमा पुस २४ गते कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । पार्टी विभाजनपछि पहिलोपटक उपत्यकाबाहिर जान लागेका प्रधानमन्त्रीको सुरक्षाका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गर्ने तयारी भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूह र प्रचण्ड–माधव नेपाल समूहमा विभाजन भएपछि प्रधानमन्त्री अ‍ोली पहिलो पटक काठमाण्डु उपत्यकामा बाहिर जान लागेका हुन् । गत पुस ५ गते संसद विघटन गराएर प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्या भण्डारीमार्फत वैशाखमा आम निर्वाचन गर्ने घोषणा गराएका थिए ।

प्रधानमन्त्री ओली उपस्थित हुने उक्त आमसभाको सुरक्षाका लागि पुष २४ गते करीव एक हजारको हाराहारीमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन हुने आयोजकले जनाएको छ । जिल्ला सुरक्षा समिति कैलालीले आज प्रधानमन्त्रीको सुरक्षा तथा आमसभा स्थलमा अप्रिय घट्ना हुन नदिन रणनीति बनाउदै छ ।

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले प्रधानमन्त्री ओलीको सुरक्षाका लागि व्यापक सुरक्षा तयारी गरिएको र थप आवश्यक रणनीति बनाउन आज सुरक्षा समितिको बैठक बस्ने जानकारी दिए । प्रचण्ड–माधव नेपाल समूहका नेता कार्यकर्ताहरुले प्रधानमन्त्रीको विरोध गर्न सक्ने भएकाले उक्त कार्य हुन नदिन सुरक्षा निकाय हाई अलर्ट गरिएको छ ।

स्रोतका अनुसार आमसभा स्थल तथा प्रधानमन्त्री आवात जावत गर्ने सडक क्षेत्रमा कालो व्यानर, कालो मास्क र कालोझण्डामा प्रतिबन्ध लगाइनेछ ।

प्रतिकृया दिनुहोस