संसद् विघटनविरुद्ध प्रचण्ड - माधव समूहले आज सबै पार्टीसँग अन्तरक्रिया गर्ने

1663940295prachanda madhav

काठमाडौँ । प्रतिनिधि सभा विघटनकोे विरोधमा संघर्ष सुरु गरेको नेकपाको प्रचण्ड–माधव समुहले आज विभिन्न पार्टीहरुसँग अन्तरक्रिया गर्ने भएको छ ।

केन्द्रीय संघर्ष समितिको आयोजनामा प्रमुख सवै राजनीतिक दलका शीर्ष नेताहरुसँग अन्तरक्रिया राखिएको संघर्ष समितिका सचिव डा.विजय पौडेलले बताए । उनका अनुसार सबै राजनीतिक दलका अध्यक्ष तथा सभापतिलाई अन्तरक्रियामा निमन्त्रणा गरिसकेको बताएका छन् ।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन र निर्वाचनको घोषणा गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस