आजको मौसमः वर्षा र हिमपातको सम्भावना

Himpat

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज देशमा पश्चिमी वायुको प्रभाव रहेको बताएको छ । आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसैगरी, बुधबार दिउँसो देशको सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । यस्तै, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै, देशका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यस्तै, आज राति देशको पहाडी भूभागमा आंशिक बदली रही एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।  भने, पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रतिकृया दिनुहोस