मुक्तिनाथ मन्दिर आजदेखि खुला गरिने

Muktinath temple e1609580306679

म्याग्दी । मुक्तिनाथ मन्दिर आजदेखि खुला गरिने भएको छ । कोभिड १९ महामारीका कारण विगत ९ महीनादेखि बन्द रहेको मुक्तिनाथ मन्दिर खुला गर्ने निर्णय भएसँगै म्याग्दी र मुस्ताङका पर्यटन तथा होटल व्यवसायी उत्साहित भएका छन् ।

जिल्ला प्रशासन कार्यालय मुस्ताङको संयोजनमा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको भेलाले आजदेखि मुक्तिनाथ मन्दिर खुलाउने निर्णय गरेको जिल्ला समन्वय समिति मुस्ताङका प्रमुख छिरिङ ल्हामो गुरुङले जानकारी दिए ।

हिन्दू र बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मानिने मुक्तिनाथ मन्दिर खुलेपछि नेपालका विभिन्न ठाउँ, भारत र तेस्रो मुलुकबाट पर्यटक समेत आउने भन्दै म्याग्दी र मुस्ताङका पर्यटन तथा होटल व्यवसायी उत्साहित भएका छन् ।

विष्णु सहस्रनाममा उल्लेख भए अनुसार मुक्तिनाथ विष्णुका हजार नाममध्ये एक हो । मुक्तिनाथमा हिन्दू र बौद्ध धर्मावलम्बीका साथै भ्रमणका लागि विभिन्न देशबाट पर्यटक आउने गरेका छन् । मुक्तिनाथ र गुम्बामा हिन्दूका ब्राह्मण पुजारी र बौद्धका झुमाले आआफ्नै परम्पराअनुसार पूजा तथा रेखदेख गर्दै आएका छन् ।

प्रतिकृया दिनुहोस