५० राउण्ड गोलीसहित त्रिभुवन विमानस्थलबाट आमाछोरा पक्राउ

Pestol 750x375

काठमाडौं । सुरक्षाका हिसावले अत्यन्त संवेदनशील क्षेत्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पेस्तोलमा प्रयोग हुने ५० थान गोलीसहित आमाछोरा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बद्रीहाङ राई र मुनादेवी राई रहेको प्रहरीले जनाएको छ । उनीहरु नाताले आमाछोरा रहेको विमानस्थल प्रहरीले जनाएको छ । प्रहरीका अनुसार त्रिभुवन विमानस्थलबाट श्री एयरलाइन्सको जहाजबाट झापा भद्रपुर जान लागेका उनीहरुको लगेज जाँच गर्दा गोली फेला परेको हो ।

गोली लैजानुको उद्देश्यबारे अनुसन्धान भइरहेको विमानस्थल सुरक्षा प्रमुख एसएसपी राजेशनाथ बास्तोलाले जानकारी दिए । सामान्य झोलामा राखेर गोली लैजान लागिएको अवस्थामा फेला परेको प्रहरीको भनाइ छ ।

यसबारे थप अनुसन्धान गरी कारवाहीका लागि महानगरीय प्रहरी वृत्त, गौशालालाई पठाइएको एसएसपी बास्तोलाले जानकारी दिए ।

प्रतिकृया दिनुहोस