सिता दाहालको स्वास्थ्यवस्था बुझ्न खुमलटार पुगे विप्लवका छोरा प्रकाश

432365

काठमाडौँ । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दका छोरा प्रकाश चन्दले प्रचण्ड पत्नी सिता दाहाललाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

पार्टी निकट स्वास्थ्यकर्मी संघका नेता समेत  रहेका उृनले सोमबार प्रचण्ड निवास खुमलटार पुगेर उनले विप्लवकै सल्लाहमा भेट गरेको स्रोतले बतायो ।

‘उहाँको फोटो देखेपछि निकै नराम्रो लाग्यो, म आफैं स्वास्थ्य क्षेत्रमा रहेको मान्छे भएकोले पनि उहाँको स्थिति देखेपछि भेट गरेर स्वास्थ्य लाभको कामना गर्न मन लाग्यो र गएको हुँ,’ प्रकाशले भने। ‘उहाँलाई भेट्दा म सानै थिएँ, परिचय गरेपछि उहाँले मलाई चिन्नुभयो, तिमी ठूलो चाहिँ होइन भनेर सोध्नुभयो,’ उनले भने, ‘बुबाको बारेमा पनि सोधपुछ गर्नुभयो।’

हाल विप्लव सहित अन्य ३ पार्टीले सरकार विरुद्ध संघर्ष गर्न रणनीतिक मोर्चा बनाएका छन् ।

 

प्रतिकृया दिनुहोस