पछिल्लो २४ घण्टामा विश्वभर ९ हजार ८४३ संक्रमितको मृत्यु

Corona 1

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट गत २४ घण्टाभित्र विश्वमा थप नौ हजार ८४३ जनाले ज्यान गुमाउन पुगेका छन् । वर्ल्डोमिटर्सको तथ्यांकअनुसार आज (बुधबार) बिहानसम्म विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १२ लाख २९ हजार ५६४ पुगेको छ । कोरोनाबाट मृत्यु हुनेको यो संख्या कूल संक्रमितको २.५७ प्रतिशत हो। हालसम्म विश्वभर चार करोड ८३ लाख ८८ हजार ७४४ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

कूल संक्रमितमध्ये ७२.४१ प्रतिशत अर्थात् तीन करोड ४६ लाख ३३ हजार ६८६ जना उपचारपछि निको भइसकेका छन्। बाँकी एक करोड २५ लाख २५ हजार ४९४ जना हाल उपचाररत तथा होम आइसोलेसनमा रहेका छन् ।

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सबैभन्दा धेरै अमेरिकामा रहेको छ। त्यहाँ दुई लाख ३९ हजार ८०२ जनाको मृत्यु भइसकेको छ । गत २४ घण्टामा त्यहाँ थप एक हजार १७४ जनाको मृत्यु भएको छ। त्यसैगरी ब्राजिलमा आजसम्म एक लाख ६१ हजार १७० जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् ।

कोरोना संक्रमितको दोस्रो ठूलो संख्या रहेको भारतमा एक लाख २४ हजार ३५४ जनाको मृत्यु कोरोना संक्रमणबाट भएको पुष्टि भइसकेको छ। कोरोनाबाट धेरै प्रभावित भएका मुलुकहरू मेक्सिकोमा ९२ हजार ५९३, बेलायतमा ४७ हजार ७४२, इटलीमा ३९ हजार ७६४, फ्रान्समा ३८ हजार ६७४, स्पेनमा ३६ हजार ११८, इरानमा ३६ हजार ५७९, पेरूमा ३४ हजार ६७१, कोलम्बियामा ३२ हजार १३, अर्जेन्टिनामा ३२ हजार ५२ तथा रसियामा २९ हजार २१७ जनाको मृत्यु भएको तथ्यांक छ ।

 

प्रतिकृया दिनुहोस