वीर अस्पतालका १६ जना चिकित्सकले यसकारण दिए सामूहिक राजीनामा

Bir hospital

काठमाडौं । वीर अस्पतालको इमेर्जेन्सी विभागमा कार्यरत १६ जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन् । कोरोना महामारीको समयमा आफूहरुले पाउनुपर्ने भत्तासमेत नपाएपछि उनीहरुले सामूहिक राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ ।

धम्कीसहित जवरजस्ती हप्ताको ९६ घण्टासम्म ड्युटी गराएको तर, सेवा सुविधा उपलब्ध नगराएको चिकित्सकहरुले गुनासो गरेका छन् । तर, राजीनामा स्वीकृत नहुँदासम्म काम गरिरहने चिकित्सकहरुको भनाइ छ । अस्पताल प्रशासनले आफ्ना माग र सुरक्षामा ध्यान नदिएको भन्दै १६ जना चिकित्सकले सामूहिक राजीनामा दिएका हुन् ।

पत्रमा लेखिएको छ, ‘माहामारीमा काम गर्दा हाम्रा माग हजुरहरु सामु पेस गरिरहँदा पनि बेवास्ता गरेको, आवश्यक सुरक्षा सामग्री उपलब्ध नगराएको, ज्यालादारी भनेर अपमानित गर्दै दसैँतिहार भत्ता समेत नदिएकाले हाम्रो मनोवल गिरेको जानकारी गराउन चाहान्छौँ ।’

प्रधानमन्त्री र स्वास्थ्य मन्त्रीले बारम्बार कोभिड १९ मा, फ्रन्ट लाईनमा र आकश्किम सेवामा कार्यरत स्वास्थ्यकर्मीलाई भत्ता, सुरक्षा र अन्य सुविधाको प्रवन्ध गरिएको घोषणा गरे पनि बीर अस्पतालका चिकित्सकले गत चैत महिनादेखि कुनै भत्ता पाएका छैनन् ।

कुनै पनि स्वास्थ्यकर्मीले चैतदेखिको भत्ता र दशैं तिहारमा दिने पर्ब भत्ता समेत दिइएको छैन । विगत एक महिनादेखि बीर अस्पतालका कर्मचारीहरु आन्दोलनमा रहेका छन् ।

स्वास्थ्य मन्त्री भानुभक्त ढकालको आशिर्वाद रहेको दाबी गर्ने निर्देशक सेन्चुरी र रेक्टर डा। सुवोध अधिकारीले दाताले दिएको स्वास्थ्य सामग्रीको बील बनाएर तथा कोरोनाको स्वास्थ्य सामग्री खरिद गर्दा आर्थिक हिनामिना गरेपनि अख्तियारले कुनै कारबाही गरेको छैन् ।

आगामी दुई महिना मात्र आफ्नो कार्यकाल रहेको भन्दै निर्देशक सेन्चुरीले आन्दोलनरत कर्मचारीको कुनै पनि माग पुरा गरेका छैनन् । अस्पतालका अन्य चिकित्सकले पनि आफ्ना माग पुरा नगरे सामूहिक राजिनामा दिने चेतावनी व्यवस्थापन पक्षलाई दिएका छन् ।

आर्थिक अनियमितता र घोटाला तथा व्यवस्थापनको लापरवाहीका कारण बीर अस्पतालको भौतिक, प्रशासनिक र स्वास्थ्य सेवा डामाडोल हुँदै जाँदा समेत स्वास्थ्य मन्त्री ढकाल मुकदर्शक भएको बीर अस्पतालका कर्मचारीले गुनासो गर्दै दैनिक आन्दोलन गरिरहेका छन् ।

यस्तो छ राजीनामा पत्र

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...