अमेरिकी चुनावः डेलवरको सिनेटमा ट्रान्सजेन्डर महिला विजयी

Sarah mcbride

एजेन्सी । अमेरिकाको डेलवर राज्यमा ट्रान्सजेन्डर महिला सेरा म्याकब्राइ राज्यको माथिल्लो सदन सिनेट सदस्यमा निर्वाचित भएकी छन् ।

उनी अमेरिकाको इतिहासमा राज्यको सिनेटमा निर्वाचित हुने पहिलो ड्रान्स महिला बनेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

उनी विजयी भएको खबर सबैभन्दा पहिले द न्यूर्योक टाइम्सले प्रकाशित गरेको थियो । ३० वर्षकी सेराले आफ्नो जित एलजिबिटिक्यू समुदायका लागि प्रजातन्त्रमाथिको विश्वासका रुपमा प्रस्तुत गर्ने बताएकी छन् ।

प्रतिकृया दिनुहोस