गुल्मीका कोरोना संक्रमितको बुटवलमा मृत्यु

Dead ihx8ctnygo 19

बुटवल । गुल्मीका एकजना कोरोना संक्रमितको उपचारका क्रममा बुटवलमा मृत्यु भएको छ । गुल्मीको गुल्मीदरबार गाउँपालिका वडा नंं ६ का ८५ वर्षीय पुरुषको कोरोना विशेष अस्थायी अस्पताल बुटवलमा मृत्यु भएको हो ।

कात्तिक १३ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालको सघन उपचार कक्षमा भर्ना भएका पुरुषको मंगलबार साँझ साढे ७ मृत्यु भएको अस्पतालका प्रवक्ता डा। विष्णु गौतमले बताए । प्रवक्ता गौतमका अनुसार उनी उच्च रक्तचापका दीर्घरोगी थिए ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गुल्मीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ । लुम्बिनी प्रदेशमा कोरोना संक्रमितको मृत्यु हुने संख्या १ सय ७७ पुगेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...