काठमाडौँ उपत्यकामा थप १४६८ जनामा कोरोना पुष्टि

Kathmandu hrxiovv3zj

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार ४ सय ६८ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १२४२, भक्तपुरमा ६३ र ललितपुरमा १६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर ३ हजार १ सय १४ जना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा काठमाडौंमा १४४२, चितवनमा १९५, ललितपुरमा १६३, मोरङ, काभ्रेमा १४९, सुनसरीमा १०७, रुपन्देहीमा १०१, दाङमा ९७, मकवानपुरमा ७९, कैलालीमा ७३, नुवाकोटमा ६९, भक्तपुर र कास्कीमा ६३, बाँके ५३ जना संक्रमित भएका छन् ।

तनहुँमा ३६, नवलपरासी पूर्वमा ३३, धनुषा र बर्दियामा २७/२७, धादिङमा २६ र झापामा २२ जना संक्रमित भेटिएका छन् ।

सिराहामा १९, नवलपरासीमा १८, गोरखामा १६, बागलुङमा १५, कपिलवस्तुमा १४, पर्सा, रामेछाप र सिन्धुपाल्चोकमा १३/१३ जना, रौतहट १२, दोलखा र गुल्मीमा ११/११ जना, बारा, महोत्तरी, जुम्ला र डोटीमा १०/१० जना, स्याङ्जा र रुकुम पश्चिममा ९/९ जना संक्रमित भएका छन् ।

ओखलढुंगा, सर्लाही, सिन्धुली र कालीकोटमा ८/८ जना, लमजुङ र दैलेखमा ७/७ जना, म्याग्दी, रोल्पा र सुर्खेतमा ६/६ जना, धनकुटा, पाल्पा र कञ्चनपुरमा ५/५ जना, अछाम, दार्चुला र बैतडीमा ४/४ जना संक्रमित भएका छन् ।

इलाम र उदयपुर, मुस्ताङ, रुकुम पूर्व ३/३, खोटाङ, भोजपुर, संखुवासभा, सोलुखुम्बु, सप्तरी, अर्घाखाँची, जाजरकोट, सल्यान र बझाङमा २/२ जना, पाँचथर, रसुवा, पर्वत, डोल्पा, मुगु र डडेल्धुरामा १/१ जना संक्रमित भएका छन् ।

प्रतिकृया दिनुहोस