संक्रमित भन्दा निको हुनेको संख्या धेरै, एकैदिन ३१ हजार ४२ जना संक्रमित अस्पतालबाट डिस्चार्ज

Corona free

काठमाडौँ । कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ३ हजार १ सय ४२ जना निको भएर घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ३ हजार १ सय ४२ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या १ लाख ४१ हजार १ सय ३४ पुगेको छ ।

त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या ३७ हजार ४ सय ७६ रहेको छ । यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या १ हजार २ सय ७७ रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ११ हजार १ सय ६६ जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल १४ लाख ८० हजार ९ सय ७८ जनाको पीसीआर परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा २० जना संक्रमितको मृत्यु हुँदा नेपालका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ४ पुगेको छ ।

प्रतिकृया दिनुहोस