पछिल्लो २४ घण्टामा थप ३११४ जनामा कोरोना संक्रमण पुष्टि, कहाँ कति संक्रमित ?

४५५५६५६७४५

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार १ सय १४ कोरोना संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७९ हजार ६ सय १४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ३ हजार १ सय ४२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ४१ हजार १ सय ३४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा जनाको ११ हजार १ सय ६६ पीसीआर परीक्षण गरिएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ४ सय ७६ रहेको छ भने १ हजार २ सय ७७ जना क्वारेन्टिनमा छन् ।

पछिल्लो २४ घण्टामा थप २० जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ४ पुगेको छ ।

कहाँ कति संक्रमित ?
पछिल्लो २४ घण्टामा काठमाडौंमा १४४२, चितवनमा १९५, ललितपुरमा १६३, मोरङ, काभ्रेमा १४९, सुनसरीमा १०७, रुपन्देहीमा १०१, दाङमा ९७, मकवानपुरमा ७९, कैलालीमा ७३, नुवाकोटमा ६९, भक्तपुर र कास्कीमा ६३, बाँके ५३ जना संक्रमित भएका छन् ।

त्यस्तै तनहुँमा ३६, नवलपरासी पूर्वमा ३३, धनुषा र बर्दियामा २७/२७, धादिङमा २६ र झापामा २२ जना संक्रमित भेटिएका छन् ।

सिराहामा १९, नवलपरासीमा १८, गोरखामा १६, बागलुङमा १५, कपिलवस्तुमा १४, पर्सा, रामेछाप र सिन्धुपाल्चोकमा १३/१३ जना, रौतहट १२, दोलखा र गुल्मीमा ११/११ जना, बारा, महोत्तरी, जुम्ला र डोटीमा १०/१० जना, स्याङ्जा र रुकुम पश्चिममा ९/९ जना संक्रमित भएका छन् ।

ओखलढुंगा, सर्लाही, सिन्धुली र कालीकोटमा ८/८ जना, लमजुङ र दैलेखमा ७/७ जना, म्याग्दी, रोल्पा र सुर्खेतमा ६/६ जना, धनकुटा, पाल्पा र कञ्चनपुरमा ५/५ जना, अछाम, दार्चुला र बैतडीमा ४/४ जना संक्रमित भएका छन् ।

इलाम र उदयपुर, मुस्ताङ, रुकुम पूर्व ३/३, खोटाङ, भोजपुर, संखुवासभा, सोलुखुम्बु, सप्तरी, अर्घाखाँची, जाजरकोट, सल्यान र बझाङमा २/२ जना, पाँचथर, रसुवा, पर्वत, डोल्पा, मुगु र डडेल्धुरामा १/१ जना संक्रमित भएका छन् ।

 

प्रतिकृया दिनुहोस