खुसीको खबर : बन्यो कोरोना संक्रमण रोक्ने एन्टिभाइरल मास्क

Corona rokne mask

काठमाडौं । विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) का विषयमा विश्वभरका वैज्ञानिक तथा शोधकर्ताहरु खोज तथा अध्ययनमा रहेका छन् । यसैबीच अमेरिकी वैज्ञानिकहरुले एन्टिभाइरल मास्क तयार गरेका छन् ।

वैज्ञानिकहरुले उक्त मास्कले कोरोना भाइरसको असरलाई निर्मुल पर्ने र संक्रमणको खतरा घटाउने दावी गरेका छन् । अमेरिकाको नर्थ वेष्टर्न युनिभर्सिटीले तयार पारेको मास्कमा नन वोभेन फेब्रिकको प्रयोग भएको छ ।

उक्त मास्कमा श्वास छाड्ने समयमा निस्कले ड्रपलेट्सहरुलाई स्यानिटाइज गर्ने केमिकलको प्रयोग भएको छ । मास्कमा रहने फेब्रिक लेयरमा यसको प्रयोग भएको र जसका कारण संक्रमण फैलन रोकिने वैज्ञानिकहरुले दावी गरेका छन् ।

उक्त मास्कले ८२ प्रतिशतसम्म ड्रपलेट्सलाई स्यानिटाइज गर्ने शोधकर्ता जियाजिङ हुआङ्गले बताएका छन् । नयाँ एन्टिभाइरल मास्कले प्रयोगकर्तालाई सुरक्षा दिनुका साथै अन्य व्यक्तिलाईसमेत प्रयोगकर्ताबाट सुरक्षा दिने उनले दावी गरेका छन् ।

प्रतिकृया दिनुहोस