काठमाडौँ उपत्यकामा थपिए १६३० नयाँ संक्रमित

1590588492 frwvd
काठमाडौँ उपत्यकामा सोमबार थप १ हजार ६ सय ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयको अनुसार काठमाडौँका १ हजार ३ सय २९, भक्तपुरका १०८ तथा ललितपुरका १९३ जनामा संक्रमण पुष्टि भएको हो ।
नेपालमा सोमबार २ हजार ९ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ७६ हजार ५०० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पछिल्लो २४ घण्टामा १३ हजार ४४६ जनाको पीसीआर गरिएको छ ।

पछिल्लो २४ घण्टामा थप ३ हजार १ सय ५० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ३७ हजार ९ सय ९२ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप २४ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ९ सय ८४ पुगेको छ ।

प्रतिकृया दिनुहोस