पछिल्लो २४ घण्टामा थप २९३३ जनामा कोरोना संक्रमण पुष्टि, कुन जिल्लामा कति थपिए ?

Corona psycho

काठमाडौँ । नेपालमा सोमबार थप २ हजार ९ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा थप २ हजार ९ सय ३३ जनामा कोरोना पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयको आधिकारिक वेबसाइटमा सोमबार राखिएको तथ्यांक अनुसार नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ७६ हजार ५०० पुगेको छ । त्यस्तै कोरोनाका कारण गएको २४ घण्टामा थप २४ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाका कारण ९ सय ८४ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार आइतबार थप ३ हजार १५० जना संक्रमित निको भएर डिष्चार्ज भएका छन् भने हालसम्म १ लाख ३७ हजार ९ सय५२ जना संक्रमित निको भएका छन् । हाल सक्रिय संक्रमितको संख्या ३७ हजार ३ सय २४ रहेको छ ।

हाल क्वारेन्टाइनमा २ हजार १ सय १९ जना छन् भने नेपालमा हालसम्म १४ लाख ६९ हजार ८१२ वटा नमुना पिसिआर परिक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ ।

कुन जिल्लामा कति संक्रमित थपिए ?
प्रदेश १ को इलाममा २, उदयपुरमा ५, ओखलढुंगामा १, झापामा ६०, तेह्रथुममा २, धनकुटामा २, मोरङमा ३९, सुनसरीमा ८५, सोलुखुम्बुमा २९ र संखुवासभामा २ जनामा कोरोना छ ।प्रदेश २ को धुनषामा २३, पर्सामा १५, बारामा ९, महोत्तरीमा ६,

रौतहटमा ३२, सप्तरीमा ३, सर्लाहीमा ७ र सिरहामा ९ जनामा कोरोना पाइएको छ ।

बागमती प्रदेशको काठमाडौंमा मात्र १ हजार ३ सय २९ जनामा कोरोना पुष्टि भएको छ । काभ्रेमा ८५, चितवनमा १ सय ६८, दोलखामा ८, धादिङमा १४, नुवाकोटमा १९, भक्तपुरमा १ सय ८, मकवानपुरमा ३३, रसुवामा ८, रामेछापमा ३, ललितपुरमा १ सय ९३, सिन्धुलीमा ८ र सिन्धुपाल्चोकमा २७ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा १ सय २७, गोरखामा ४६, तनहुँमा १३, नवलपरासी पूर्वमा ४०, पर्वतमा ९, लमजुङमा ५, बाग्लुङमा ६ र स्याङजामा ९ जनामा कोरोना पुष्टि भएको छ ।

पूर्ण विवरण

 

प्रतिकृया दिनुहोस