बेलायती राजकुमार विलियम्स गत अप्रिल मै कोरोना संक्रमित भएको खुलासा

Belayat rajkumar

काठमाडौं । बेलायती राजकुमार विलियम्स गत अप्रिल महिनामै कोरोना भाइरसबाट संक्रमित भएको खुलेको छ। राजकुमार द ड्यूक अफ क्याम्ब्रिजलाई गएको अप्रिलमै संक्रमण भएको बीबीसीले उल्लेख गरेकाे छ ।

प्रिन्स अफ वेल्स अर्थात आफ्ना पिता कोरोना भाइरसबाट संक्रमित भएकै बेला उनी पनि संक्रमित भएको बताइएको छ । संक्रमित भएको खबर सबैभन्दा पहिले प्रकाशित गरेको द सन पत्रिकाले ३८ वर्षे राजकुमारले आफ्नो संक्रमणको खबरले देशव्यापी चिन्ता नबढोस् कुरा भनेर गोप्य राखेको दाबी गरेको छ ।

उनको उपचार राजदरबारका डाक्टरले गरेको र त्यस क्रममा सरकारी नियमको पालना भएको खबरमा उल्लेख छ ।

उपचारको अवधिमा राजकुमार नोर्फोकमा रहेको एन्मेर हलमा आइसोलेशनमा बसेको पत्रिकाले जनाएको छ । यसबारे केन्जिङ्गटन प्यालेसले टिप्पणी गर्न अस्वीकार गरेको छ ।

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन पनि कोरोना संक्रमित भएर निको भइसकेका छन् । 

प्रतिकृया दिनुहोस