पछिल्लो २४ घन्टामा २३ जनाको संक्रमितको मृत्यु, नेपालमा मृतकको संख्या ९६० पुग्यो

Corona shab all

काठमाडौं । केही दिनयता नेपालमा कारोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीव्र रुपमा बढेको छ । पछिल्लो २४ घन्टामा मात्रै पनि नेपालमा २३ जनाको मृत्यु भएको छ ।

यो संख्या भनेको हालसम्म कै उच्च हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ सय ६० पुगेको छ ।

पछिल्लोपटक रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका(११ का ५२ वर्षीय पुरुषको बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पतालमा मृत्यु भएको हो ।

नेपाली कांग्रेस बाराका महासमिति सदस्य मदन मण्डको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा शनिबार गरिएको परीक्षणमा कोरोना पोजेटिभ रिर्पोट आएको थियो ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा २ जना पुरुषको कोरोनाको कारण मृत्यु भएको छ । मृतक दुबै जनाको काठमाडौं स्थायी घर भएको अस्पतालको कोरोना फोकल पर्सन डा. सविन थपलियाले जानकारी दिए ।

लामो समयदेखि सुगर र प्रेसरको समस्या भएको ७४ वर्षीय पुरुष र कोरोनाको कारण निमोनिया भएर ५९ वर्षीय पुरुषको मृत्यु भएको डा. थपलियाले जानकारी दिए ।

कोरोना भाइरसको सङ्क्रमणबाट आइतबार बिहान झापामा थप तीन जनाको मृत्यु भएको छ । योसँगै जिल्लामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४३ पुगेको छ ।

कोरोना संक्रमणबाट मृत्यु हुनेमा दमक नगरपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिकाका एकरएक जना पुरुष रहेका छन् । शनिबार पनि झापामा तीन जनाको मृत्यु भएको थियो ।

बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचाररत कोरोना सङ्क्रमित दुई जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसका कारण बाँकेमा मृत्यु हुने व्यक्तिको सङ्ख्या ३१ पुगेको छ ।

नेपालगञ्ज उपमहानगरपालिका–२० राँझा निवासी ६० वर्षीया महिला र टीकापुर नगरपालिका–१ कैलाली निवासी ६० वर्षीय पुरुषको शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।

प्रतिकृया दिनुहोस