पछिल्लो २४ घण्टामा थपिए २८२४ जना नयाँ संक्रमित

काठमाडौं उपत्यकामा १६२२ जनामा कोरोना संक्रमण

Corona test logo

काठमाडौं । नेपालमा कोरोना संक्रमणदर दसैँसँगे बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय २४ जनामा कोरोना भाइरस संक्रमण भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार २३ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ८ सय २४ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ६ सय २२ जनामा कोरोना भाइरस संक्रमण भएको छ । काठमाडौं जिल्लामा १ हजार ३ सय ६२, भक्तपुरमा ९६ र ललतिपुरमा १ सय ६४ जना संक्रमित भेटिएका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ३ हजार ६ सय २० जना रहेका छन् । अहिलेसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ३४ हजार ८ सय ४२ जना रहेका छन् ।

पछिल्लो २४ घण्टायता देशभर कुल २ हजार ८ सय २४ संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार देशभरबाट संकलन गरिएको तथ्यांकअनुसार आज ३ हजार ६ सय २० संक्रमितले कोरोना जितेका छन् ।

मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले सक्रिय संक्रमित ३७ हजार ७ सय ६५ रहेका छन् । कोरोनासम्बन्धी दैनिक गरिने मिडिया ब्रिफिङ हाल भने हप्ताको दुई दिन (आइतबार र बुधबार) हुने गरेको छ । देशभरका क्वारेन्टाइनमा अझै पनि २ हजार ३ सय ८६ जना बसिरहेका छन् ।

कहाँ कति संक्रमित ?
त्यस्तै मोरङमा २१२ जना, कास्कीमा १५५, रुपन्देहीमा ९१, सुनसरीमा ८०, झापामा ७५, कैलालीमा ४७, चितवनमा ३५, सोलुखुम्बुमा ३३, बाँकेमा ३२ र नवलपरासी पूर्वमा ३० जनामा कोरोना भाइरस संक्रमण भएको छ ।

मकवानपुरमा २६, धनुषा र तनहुँमा २५/२५, सुर्खेतमा २४, बर्दियामा २२, कपिलवस्तुमा १८, उदयपुर र सप्तरी १६/१६, धादिङमा १५, सिराहा र लमजुङमा १३/१३ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै रौतहटमा १२, गुल्मीमा ११, महोत्तरी र नवलपरासीमा १०/१०, इलाम र बाग्लुङमा ८/८ जना, धनकुटा, काभ्रे, म्याग्दी, स्याङ्जा र कञ्चनपुरमा ७/७, सर्लाही र दैलेखमा ६/६, खोटाङ, सिन्धुपाल्चोक र पर्वतमा ५/५ जनामा संक्रमण देखिएको छ ।

नुवाकोट र गोरखामा ४/४ जना, पर्सा, दोलखा, दाङ र रुकुम पश्चिममा ३/३ जना, भोजपुर, रामेछाप, सिन्धुली, जाजरकोट र डडेल्धुरामा २/२ जना र ओखलढुंगा, संखुवासभा, बारा, रसुवा, प्युठान, कालीकोट, जुम्ला, डोल्पा, दार्चुला, बझाङ र बैतडीमा १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस