चीनद्धारा लाखौं जनतालाई कोरोना भाइरसविरुद्धको भ्याक्सिन दिएको खुलासा

China vacsine

काठमाडौं । चीनले अहिलेसम्म लाखौं जनतालाई कोरोना भाइरस (कोभिड-१९) विरुद्धको भ्याक्सिन दिएको खुलेको छ । तर कोरोनाविरुद्धको भ्याक्सिन लिएकाहरुलाई त्यहाँको सरकारले यो कुरालाई गोप्य नै राख्न कडा निर्देशन दिएको छ ।

चीनमा भ्याक्सिन लिइरहेका मानिसलाई त्यो चाइना नेशनल बायोटेक ग्रुपको भ्याक्सिन भएको बताइएको थियो । यो चीनको सरकारी कम्पनी सिनो फार्मको एउटा हिस्सा हो ।

चीन सरकारले कयौँ कम्पनीका कर्मचारीलाई भ्याक्सिन लगाएको बारेमा कम्पनीको व्यवस्थापनका अलावा अरुलाई यसबारेमा थाहा भएमा कडा कारवाही गर्ने चेतावनी दिएको छ ।

लस एन्जेलस टाइम्सको एक रिपोर्टअनुसार केही कम्पनीमा काम गर्ने कामदारहरुलाई भ्याक्सिन लगाइएको कुरा गोप्य राख्न भन्दा उनीहरुले आश्चर्य व्यक्त गरेका थिए ।

भ्याक्सिन लिइरहेका जनतालाई यसले केही असर गर्‍यो भने के होला भन्‍ने डरले सताएको छ । यस्तोमा हुन सक्ने जोखिमको जिम्मेवारी लिने पक्षबारे उनीहरु अनभिज्ञ रहेका छन् ।

सिनो फार्म आफ्नो कोरोना भ्याक्सिनको परीक्षण युएई, पेरू, मोरक्को र कयौँ अन्य देशमा पनि गरिरहेको छ। अहिलेसम्म यस कम्पनीको भ्याक्सिनको तेस्रो चरणको परीक्षण पूरा भइसकेको छैन ।

चीनले भ्याक्सिन लिइरहेका नागरिकको निगरानी गरिरहेको छ । तर विभिन्‍न कम्पनीमा काम गरिरहेका कर्मचारीको भने निगरानी हुन नसकेको बताइएको छ ।

सेप्टेम्बरमा चाइना नेशनल बायोटेक ग्रुपले क्लिनिकल परीक्षणपछि करिब साढे ३ लाख मानिसलाई उक्त भ्याक्सिन दिइसकिएको जनाएको थियो । चीनमा सबैभन्दा पहिले त्यहाँको जनमुक्ति सेनामा कोरोना भ्याक्सिनको परीक्षण थालेको थियो ।

प्रतिकृया दिनुहोस