नेपाली कांग्रेसका नेता मीन विश्वकर्माको स्वास्थ्य गम्भीर, भेन्टिलेटरमा राखेर उपचार हुँदै

Min bk

काठमाडौं । स्वास्थ्यमा गम्भीर समस्या आएपछि नेपाली कांग्रेसका केन्द्रिय सदस्य मीनबहादुर विश्वकर्मालाई भ्यान्टिलेटरमा राखिएको छ । कार्तिक १ गते कोरोना संक्रमण पुष्टि भएका नेता बिश्वकर्माको काठमाडौंको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।

कोराना संक्रमण भएपछि उनी चार दिन होम आइसोलेसनमा बसेका थिए । स्वास्थ्यमा समस्या आएपछि उनलाई वीर अस्पतालमा भर्ना गरिएको थियो । उनलाई थप उपचारका लागि भन्दै ग्राण्डी अस्पतालमा भर्ना गरिएको थियो । तर स्वास्थ्य अबस्थामा थप गम्भिर भएपछि उनलाई शनिबार भ्यान्टिलेटरमा राखिएको छ ।

स्वास्थ्यकर्मीहरुका अनुसार उनलाई कोरोना संक्रमण रहेकै बेला निमोनिया भएको छ । निमोनिया भएपछि स्वासप्रस्वासमा समस्या आएपछि उनलाई भ्यान्टिलेटरमा राखेर उनको उपचारमा संलग्न चिकित्सिकहरुले बताएका छन् ।

पूर्व मन्त्रीसमेत रहेका विश्वकर्मा नेपाली कांग्रेस निकट नेपाल दलित संघका केन्द्रिय अध्यक्ष हुन् । उनी २०६३ सालको अन्तरिक संविधानको मस्यौदाकार मध्येका एक हुन् भने उनी हाल प्रतिनिधिसभाको सदस्य समेत हुन् ।

यसैबीच कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले प्रधानमन्त्री केपी शर्मा ओलीलाई टेलिफोन गरी नेता विश्वकर्माको स्वास्थ्यका बारेमा जानकारी दिँदै उपचारका लागि विशेष आग्रह गरेका छन् । 

उनले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा सदस्य विश्वकर्माको स्वास्थ्य उपचारका लागि गम्भीर बनेर सरकारको तर्फबाट आवश्यक सहयोग गरिदिन विशेष आग्रह गरेको कांग्रेस संसदीय दलले विज्ञप्तिमार्फत जनाएको छ । 

त्यस्तै प्रमुख सचेतक खाणले स्वास्थ्य तथा जनसंख्या मन्त्रीलाई समेत टेलिफोन गरी नेता विश्वकर्माको उपचारका लागि सरकारबाट आवश्यक पहल गरिदिन आग्रह गरेका छन् ।

प्रतिकृया दिनुहोस