होम आइसोलेसनमा बस्नेको संख्या बढ्यो, ३६५ जनाको आइसियु र भेन्टिलेटरमा उपचार हुँदै

Home isolation

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाको अवधीसम्ममा ३ सय ६५ जना कोरोना संक्रमितको विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६९ जना भेन्टिलेटरमा र २ सय ९६ जना संक्रमित आइसियुमा उपचाररत छन् । आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १ सय ८४ जना आइसियु र ५२ जना भेन्टिलेटरमा छन् ।

लुम्बिनी प्रदेशमा ४५ जना आइसियु र ४ जना भेन्टिलेटरमा, प्रदेश १ मा ३१ जना आइसियु र ९ जना भेन्टिलेटरमा र प्रदेश २ मा १२ आइसियु उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले देशभर ३१ हजार ८ जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेको जानकारी दिएको छ । शनिबारसम्म ३८ हजार ३ सय ५७ जना संक्रिय संक्रमित मध्ये ३१ हजार ८ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको हो ।

मन्त्रालयका अनुसार सबै भन्दा धेरै बाग्मती प्रदेशमा १७ हजार ६ सय ९२ जना होम आइसोलेसनमा छन् । प्रदेश १ मा ६ हजार १ सय ४०, प्रदेश २ मा १ हजार २१, लुम्बिनी प्रदेशमा ३ हजार ४ सय २, सुदूरपश्चिम प्रदेशमा ८ सय ५०, गण्डकी प्रदेशमा १ हजार ३ सय ५९ र कर्णाली प्रदेशमा ५ सय ४४ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

सुदूरपश्चिममा ५ आइसियु र १ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा १५ आइसियु र ३ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा ४ आइसियु उपचाररत रहेका छन् ।

प्रतिकृया दिनुहोस