थप १७ जनाको मृत्यु, मृतकको संख्या ९२० जना पुग्यो

Corona shab all

काठमाडौं । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १७ जनाको मृत्यु भएको छ ।

कोरोना संक्रमणका कारण देशका विभिन्न अस्पताल र होम आइसोलेसनमा थप १६ कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार योसँगै मृत्यु हुने संक्रमितको कुल संख्या ९ सय २० जना पुगेको छ ।

शुक्रबार देशभर पछिल्लो २४ घण्टामा थप ३५ सय १७ सय जनामा कोरोना पुष्टि भएको छ । यससँगै नेपालमा हालसम्म कुल संक्रमितको संख्या एक लाख ६८ हजार ६ सय ३५ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या ३८ हजार ३ सय ५७ छ ।

मन्त्रालयले उपलब्ध गराएको तथ्यांक जानकारीअनुसार आज देशभर चार हजार ९६ जना संक्रमित कोरोनामुक्त भएका छन् । यससँगै कोरोनामुक्त हुनेहरूको कुल संख्या एक लाख २८ हजार ९ सय ५८ छ ।

प्रतिकृया दिनुहोस