पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थपिए १ हजार ३ सय ५७ जना नयाँ संक्रमित

Ktm vally

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि शुक्रबार काठमाडौंमा उपत्यकामा १ हजार ८ सय ८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार १ सय १३, भक्तपुरमा ४९ र ललितपुरमा १ सय ९५ जना गरी १ हजार ३ सय ५७ जना संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा थप २ हजार ५ सय ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ९ हजार २ सय ७९ पीसीआर टेष्ट गर्दा ९ सय ७६ महिला र १ हजार ५ सय ३२ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका २ हजार ५ सय ८ जनासहित देशभर संक्रमितको संख्या १ लाख ७० हजार ७ सय ४३ पुगेको छ । संक्रमितमध्ये १ लाख ३१ हजार २ सय २२ जना निको भएर घर फर्किएका छन् ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट १७ जनाको मृत्यु भएको छ । अहिलेसम्म कोरोनाबाट देशभर ज्यान गुमाउनेको संख्या ९ सय ३७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तो छ तथ्यांक

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...