दैनिक ‘रेकर्ड ब्रेक’ गर्दै कोरोना संक्रमितको दैनिक संख्या : पछिल्लो २४ घन्टामा अहिलेसम्मकै धेरै संक्रमित (सूचीसहित)

Corona world

काठमाडौं ।कोरोना भाइरस संक्रमितको संख्या पछिल्लो एक दिनमा अहिलेसम्मकै धेरै भएको छ । पछिल्लो २४ घन्टामा ५ लाख ७३ हजार ६ सय १६ जनामा कोरोना संक्रमण भएको छ । यो संख्या अहिलेसम्मकै धेरै हो । यसअघि हिजो ५ लाख ४७ हजारमा कोरोना संक्रमण भएको थियो ।

अमेरिकामा सबैभन्दा धेरै १ लाख १ हजार ४ सय ६१ जनामा पछिल्लो २४ घन्टामा कोरोना संक्रमण भएको छ । भारतमा ४८ हजार १ सय २०, फ्रान्समा ४९ हजार २ सय १५, ब्राजिलमा २३ हजार १ सय २६, स्पेनमा २५ हजार ५ सय ९५, बेलायतमा २४ हजार ४ सय ५ र इटलीमा ३१ हजार ८४ जनामा कोरोना संक्रमण भएको छ ।

पछिल्लो २४ घन्टामा ज्यान गुमाउनेको संख्या पनि पछिल्लो १ महिनायताकै धेरै भएको छ । विभिन्न देशमा ७ हजार ४ सय ९० जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ । सबैभन्दा धेरै अमेरिकामा ९ सय ८८, भारतमा ५ स्य ५०, ब्राजिलमा ५ सय २९, रसियामा ३ सय ५५, फ्रान्समा ५ सय ४५ र मेक्सिकोमा ४ सय ६४ जनाको ज्यान गएको छ ।

अन्य देशमा कति ? हेर्नका लागि यहाँ क्लिक गर्नुस्

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...