कसरी रहन्छ संक्रमितको शरीरमा ५ महिनासम्म एन्टिबडी ? यस्तो छ अर्काे नयाँ खुलासा

Corona antibody immunity

काठमाडौं । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९) का विषयमा विश्वभर विभिन्न अध्ययनहरु भइरहेका छन् । यसैबीच नयाँ अध्ययनले कोरोना भाइरसको संक्रमण भएर कोरोनालाई जितेका व्यक्तिको शरीरमा कम्तिमा ५ महिनासम्म एन्टिबडी रहने पत्ता लगाएको छ ।

जर्नल अफ साइन्समा प्रकाशित एक रिपोर्टकाअनुसार एकपटक कोरोना संक्रमण भएको व्यक्तिमा कोरोनाविरुद्धको एन्टिबडी ५ महिनासम्म सक्रिय रहने गर्दछ । अमेरिकाको माउण्ट सिनाई अस्पतालमा कार्यरत तथा शोधका लेखक फ्लोरियर क्रेम्मरले एन्टिबडी लामो समयसम्म व्यक्तिको शरीरमा रहने बताए ।

उनकाअनुसार सामान्य तथा मध्यम लक्षण देखिएका ९० प्रतिशत कोरोना संक्रमितको शरीरमा महिनौँसम्म एन्टिबडी कायम रहन्छ । जसले कोरोना भाइरसलाई निष्प्रभावी बनाउन काम गर्दछ ।

अनुसन्धानका लागि उक्त अस्पतालमा शोधकर्ताहरुले ३० हजार ८२ नमूनाको परीक्षण गरेका थिए । जसमध्ये अधिक व्यक्तिमा एन्टिबडीको मात्रा पाइएको थियो । उक्त अध्ययनपश्चात उनीहरुले संक्रमितको शरीरमा ५ महिनासम्म एन्टिबडी रहने पत्ता लगाएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...