प्रदेश नं. १ मा ७१ पत्रकार संक्रमित, २० जना अझैं आइसोलेसनमा

Corona press

विराटनगर । प्रदेश नं. १ मा हालसम्म ७१ जना पत्रकारहरुलाई कोरोना संक्रमण भएको छ ।

प्रदेश नं. १ का नेपाल पत्रकार महासंघका अध्यक्ष विक्रम लुईटेलका अनुसार २० जना पत्रकार आइसोलेसनमा बसेका छन् भने अरु संक्रमणमुक्त भएका छन् ।

नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटालाई शुक्रबार कोभिड १९ को संक्रमण पुष्टि भएको छ । उनको कनकाईस्थित मेची प्रादेशिक अस्पतालको प्रयोगशालामा बिहीबार पिसिआर परीक्षण गरिएको थियो ।

शुक्रबार रिपोर्ट पोजेटिभ आएको हो । होम आइसोलेसनमा रहेका उनको स्वास्थ्य अवस्था सामान्य छ ।

प्रदेश नं. १ मा पछिल्लो २४ घण्टाको अवधिमा ५ सय ६९ जना कोरोना संक्रमत थपिएका छन् । यस अवधिमा गरिएको एक हजार ९ सय ६० जनाको पिसिआर परीक्षणमा २ सय २३ महिला र ३ सय ४६ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस