नेपालमा पछिल्लो २४ घण्टामा १६ जनाको कोरोना संक्रमणबाट मृत्यु

नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ९ सय २० पुग्यो

Coronavirus death body

काठमाडौं । पछिल्लो केही दिनयता नेपालका कारोना संक्रमणबाट मृत्यु हुनेको संख्या पनि बढ्न थालेको छ । बुधबार ११ जनाको मृत्यु भएकोमा बिहीबार थप १७ जनाको मृत्यु भएको थियो । शुक्रबारसम्म मृतकको संख्या बढेको बढ्यै छ ।

नेपालमा नेपालमा पछिल्लो २४ घण्टामा थप १६ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ९ सय २० पुगेको छ ।

देशभैभरी पिसिआर परीक्षण बढेसँगै नेपालमा कोरोना संक्रमितको संख्या फेरि बढ्न थालेको छ । पछिल्लो २४ घन्टामा ३ हजार ५ सय १७ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १ हजार ८ सय ८८ जनामा कोरोना संक्रमण भएको छ । काठमाडौंमा १ हजार ५ सय ८ जना, भक्तपुरमा १ सय ३१ जना र ललितपुरमा २ सय ४९ जनासहित पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १ हजार ८ सय ८८ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका ३ हजार ५ सय १७ जनासहित देशभर संक्रमितको संख्या १ लाख ६८ हजार २ सय ३५ पुगेको छ । संक्रमितमध्ये देशका विभिन्न स्थानका अस्पतालबाट १ लाख २८ हजार ९ सय ५८ जना निको भएर घर फर्किएका छन् ।

 

प्रतिकृया दिनुहोस