काठमाडौं उपत्यकाभित्र फेरि बढ्यो कोरोना ग्राफ, पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १८८८ जनामा कोरोना संक्रमण

Ktm vally

काठमाडौं । दशैं लगत्तै काठमाडौं उपत्यकाभित्र कोरोना संक्रमितको संख्या फेरि ह्वात्तै बढेको छ । दसैँका कारण कोरोना संक्रमितको संख्या घटेको काठमाडौं उपत्यकामा फेरि संक्रमण बढ्न थालेको छ ।

दसैँमा पिसिआर परीक्षण कम भएकाले संख्या कम भएको थियो । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १ हजार ८ सय ८८ जनामा कोरोना संक्रमण भएको छ ।

काठमाडौंमा १ हजार ५ सय ८ जना, भक्तपुरमा १ सय ३१ जना र ललितपुरमा २ सय ४९ जनासहित पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १ हजार ८ सय ८८ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

देशभैभरी पिसिआर परीक्षण बढेसँगै नेपालमा कोरोना संक्रमितको संख्या फेरि बढ्न थालेको छ । पछिल्लो २४ घन्टामा ३ हजार ५ सय १७ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका ३ हजार ५ सय १७ जनासहित देशभर संक्रमितको संख्या १ लाख ६८ हजार २ सय ३५ पुगेको छ । संक्रमितमध्ये देशका विभिन्न स्थानका अस्पतालबाट १ लाख २८ हजार ९ सय ५८ जना निको भएर घर फर्किएका छन् ।

यसअघि विहीबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १ लाख २४ हजार ८६२ रहेको थियो ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट १६ जनाको मृत्यु भएको छ । अहिलेसम्म कोरोनाबाट देशभर ज्यान गुमाउनेको संख्या ९ सय २० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तो छ मन्त्रालयको तथ्यांक

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...