फेरि ह्वात्तै बढ्यो कोरोना संक्रमण, आज ३ हजार ५१७ जनामा कोरोना संक्रमण पुष्टि

यस्तो छ स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांक

Coron test kit

काठमाडौं । दशैं लगत्तै नेपालमा कोरोना संक्रमितको संख्या फेरि ह्वात्तै बढेको छ । पिसिआर परीक्षण बढेसँगै नेपालमा कोरोना संक्रमितको संख्या फेरि बढ्न थालेको हो ।

दशैं विदापछि ल्याब खुलेको र परीक्षण पनि बढेपछि पछिल्लो २४ घन्टामा ३ हजार ५ सय १७ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका ३ हजार ५ सय १७ जनासहित देशभर संक्रमितको संख्या १ लाख ६८ हजार २ सय ३५ पुगेको छ । संक्रमितमध्ये देशका विभिन्न स्थानका अस्पतालबाट १ लाख २८ हजार ९ सय ५८ जना निको भएर घर फर्किएका छन् ।

यसअघि विहीबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १ लाख २४ हजार ८६२ रहेको थियो ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट १६ जनाको मृत्यु भएको छ । अहिलेसम्म कोरोनाबाट देशभर ज्यान गुमाउनेको संख्या ९ सय २० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तो छ स्वास्थ्य मन्त्रालयको तथ्यांक

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...