कोरोना भाइरसको संक्रमण केबाट सर्छ ? केबाट सर्दैन ?

Korana sarne not

काठमाडौं । अहिले विश्व नै कोरोना संक्रमणबाट त्रसित बनेको छ । कहिले हावाबाट त कहिले विभिन्न सामग्रीको प्रयोगबाट कोरोना सर्ने भनिएपछि त झन आम मानिस त्रसित नै बनेका छन् । यस्तो हुँदो जतिसुकै स्वास्थ्य सावधानी अपनाए पनि कोरोना संक्रमण हुने डर यथावत नै रहन्छ ।

घर होस् वा घर बाहिर, कोरोना भाइरसको जोखिम जुनसुकै ठाउँमा हुन्छ । नयाँ एक अध्ययनमा कोरोना भाइरस कुनै एक सतहबाट अर्को सतहमा सजिलै पुग्छ भन्ने कुरा पत्ता लागेको छ । अष्ट्रेलियाका अनुसन्धानकर्ताले गरेको यो अध्ययनले धेरै चिन्तित बनेका छन् ।

पब्लिक ट्रान्सपोर्टको झ्याल
बस, ट्याम्पो वा ट्याक्सीलगायत सार्वजनिक सवारी साधन अहिले धमाधम चलिरहेका छन् । अध्ययनले सार्वजनिक सवारी साधनका झ्याल र उभिने समयमा समाप्त प्रयोग गरिने डण्डीबाट संक्रमण तीव्र फैलिएको पुष्टि गरेको छ ।

झ्याल वा उभिँदा समात्ने पोल स्टिल या शिशाबाट बनेका हुन्छन् । स्टिल र शिशाको सतहमा कोरोना भाइरस सजिलैसँग टासिन्छ । चढ्ने र ओर्लिने क्रममा यात्रीले कुनै न कुनै बेला यसको प्रयोग गरिरहेका हुन्छन् । त्यसैले यस्ता ठाउँबाट कोरोना भाइरस फैलिइरहेको अध्ययनमा देखिएको छ ।

नोट
अध्ययन अनुसार २० डिग्री तापक्रममा कोरोना भाइरस नोटमा २८ दिनसम्म रहन सक्छ । नोटको लेनदेनले कोरोना भाइरस एकदेखि अर्को व्यक्तिमा फैलिन्छ । त्यसैले वैज्ञानिकहरुले क्यासलेस वा प्लाष्टिक मनीको प्रयोगका लागि सुझाव दिएका छन् ।

फोनको स्क्रिन
प्रयोगको अनिवार्यताले फोन हाम्रो जीवनकै एक अंग जस्तै बन्न पुगेको छ । हामी जहाँ जान्छौँ, त्यहाँ फोन अनिवार्य लैजान्छौँ । केही व्यक्तिले त शौचालयमा पनि फोनको प्रयोग गर्छन् । फोनको स्क्रिनमा सजिलैसँग भाइरस टासिएर बस्छ ।

हाम्रो औँला फोनको स्क्रिनमा गइरहेको हुन्छ । त्यसैले फोनको स्क्रिनबाट पनि भाइरस फैलिन्छ । भाइरसबाट बच्नका लागि फोनको स्क्रिनलाई पनि बेलाबेलामा सेनिटाइज गर्नुपर्छ ।

तर अन्तर्राष्ट्रिय स्तरमा गरिएका अध्ययनबाट कागजको नोट र सिक्का लगायतका वस्तुमा कोरोनाभाइरसको 'जीवनकाल' बारे धेरै कुरा स्पष्ट भइसकेको जनस्वास्थ्यविद्‌हरू बताउँछन् ।

नेपालमा नोट र सिक्काले भाइरस बोक्न सक्ने विषयमा अध्ययन नभए पनि ब्याक्टेरिया र ढुसी सार्न सक्ने विषयमा अध्ययन भएको छ ।

एटिएम
एटिएमको बटन, ग्लास र स्क्रिमा कोरोना भाइरस सजिलैसँग बस्न सक्छ । पैसा निकाल्नका लागि बटन र स्क्रिन छुन आवश्यक हुन्छ । यसबाट संक्रमण फैलिने सम्भावना धेरै हुन्छ । यो समयमा एटिएमबाट पैसा निकाल्नका लागि पनि ध्यान दिन आवश्यक हुन्छ ।
सकभर अनलाइन कारोबार गर्ने र निकाल्नै पर्ने अवस्थामा स्वास्थ्य सुरक्षालाई ध्यान दिन आवश्यक हुन्छ । पैसा निकालिसकेपछि स्यानिटाइजरको प्रयोग गर्ने र साबुन पानीले हात धुनु आवश्यक हुन्छ ।

स्टेनलेस स्टिल
अध्ययन अनुसार धेरै तातोमा भाइरस लामो समयसम्म बाँच्न सक्दैन । तर, स्टेनलेस स्टिलमा भने कोरोना भाइरस लामो समयसम्म बाच्न सक्छ । हाम्रो किचनमा हुने भाँडा धेरै स्टिलकै हुन्छन् । यसबाट पनि कोरोना भाइरस फैलिने सम्भावना धेरै हुन्छ । त्यसैले आफ्नो किचनको सरसफाइमा विशेष ध्यान दिन आवश्यक हुन्छ ।

अस्पतालको कुरुवा कक्ष
अहिले अस्पतालमा विशेष सरसफाइ चलिरहेको छ । तर, अस्पतालको कुरुवा कक्षमा संक्रमणको सम्भावना धेरै हुन्छ । वेटिंग रुममा मानिसको आवत जावत भइरहन्छ । त्यहाँ बस्नेहरु पनि भरिभराउ हुन्छन् । त्यसैले यो ठाउँमा पनि कोरोना संक्रमण हुने सम्भावना धेरै हुन्छ । सकभर अहिले अस्पतालहरुमा जाने कुरा कम गरौँ ।

अस्पतालमा जानै परेमा पनि कुनै ठाउँ वा सतहलाई छुनु हुँदैन । मास्क, फेस शिल्ड, स्यानिटाइजर र ग्लब्सको प्रयोग गर्न आवश्यक हुन्छ ।

घरभित्र कोरोनाबाट कसरी बच्ने ?
आफ्नो घरको विशेष सरसफाइमा ध्यान दिनुपर्छ । सबै सतहलाई स्यानिटाइज गर्नुपर्छ । तपाईँ बाहिरबाट आउनु भएको छ भने कुनै सामग्री वा बस्तुलाई नछोइकन पहिले साबु पानीले हात धुनुपर्छ ।

बाहिरबाट आउँदा लगाएका कपडा परिवर्तन गर्नुपर्छ । घरको भेन्टिलेसनहरु खुला राख्नुपर्छ । सूर्यको प्रकाशले कोरोना भाइरस मार्नका लागि सहयोग गर्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...