कोरोना संक्रमित धनकुटाका सांसद पराजुलीको आइसियुमा उपचार हुँदै

Indramani parajuli dkt

धनकुटा । कोरोना संक्रमण पुष्टि भएका धनकुटाका प्रदेश सांसद इन्द्रमणी पराजुली आईसीयूमा भर्ना भएका छन् ।

संक्रमण पुष्टि भएपछि धनकुटामै ‘होम आईसोलेशन’ बस्दै आएका सांसद पराजुलीको स्वास्थ्यमा समस्या आएपछि थप उपचारका लागि बिराट मेडिकल कलेजको आइसियुमा भर्ना भएका हुन् ।

नेकपाका नेतासमेत रहेका सांसद पराजुलीसहित उनका सवारी चालकमा कात्तिक ४ गते कोरोना संक्रमण पुष्टि भएको थियो । पराजुली धनकुटा क्षेत्र नं. २ का निर्वाचित प्रदेश सांसद हुन् ।

मोरङको बुढिगैगामा रहेको मेडिकल कलेजमा भर्ना भएका सांसद पराजुलीको स्वास्थ्य अवस्थामा भने सुधार भएको छ । अहिले सांसद पराजुलीको स्वास्थ्यमा सुधार देखिएको उनकी श्रीमती सीता पराजुलीले बताइन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...