राष्ट्रिय फुटबल टिमका ४ खेलाडीलाई कोरोना संक्रमण

Anfa gate

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका चार जना खेलाडीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना देखिएका ४ खेलाडीलाई सेल्फ आईसोलेसनमा राखिएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । एन्फाले संक्रमित खेलाडीको नाम भने खुलाएको छैन ।

एन्फाले बिहीबार एक सूचना जारी गर्दै चार खेलाडीलाई कोरोना संक्रमणको पुष्टि भएको जनाएको छ । प्रशिक्षणमा भने ३० जना खेलाडीले मात्र सहभागीता जनाएको थिए । बिहीबारबाट सुरु भएको राष्ट्रिय फुटबल टोलीको टिमको प्रशिक्षणका लागि ३४ खेलाडीलाई बोलाइएको थियो ।

प्रशिक्षण सुरु गर्नु पूर्व एन्फाले बुधबार खेलाडीको स्वाव संकलन गरेको तर, चार खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । नेपालले बंगलादेशसँगको अन्तर्राट्रिय मैत्रीपूर्ण खेलका लागि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबारबाट प्रशिक्षण सुरु गरेको हो ।

प्रतिकृया दिनुहोस