कोरोनाबाट मृतकको संख्या ९ सय नाघ्यो, पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु

Coronavirus death body

काठमाडौं । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पनि बढेको छ । पछिल्लो २४ घण्टाको अवधिमा बुधबार ११ जनाको मृत्यु भएकोमा बिहीबार थप १७ जनाको मृत्यु भएको छ । योसँगैकोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ९ सय नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर गरी ९ सय ४ जनाको मृत्यु भएको बिहीबार जानकारी दिएको छ । मन्त्रालयको वेबसाइट अनुसार पछिल्लो २४ घण्टामा थप १७ को मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा बिहीबार कोरोना संक्रमित भने २ हजार ३ सय ६४ जना थपिएका छन् । हालसम्म नेपालमा १ लाख ६४ हजार ७ सय १८ संक्रमितको संख्या पुगेको छ ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १४ लाख १९ हजार ६४ परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा ९ हजार ७ सय ६९ पीसीआर परीक्षण भएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या २ हजार ६ सय ८९ जना रहेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...