ल्याब खुलेसँगै ह्वात्तै बढ्यो संक्रमितको संख्या, काठमाडौं उपत्यकामा १६१५ जनामा कोरोना संक्रमण

Kathamandu vally corona

काठमाडौं । दशैंका बेला ल्याब बन्द हुँदा काठमाडौंसहित देशभर नै कोरोना संक्रमितको संख्या घटेको थियो । तर, ल्याब खुलेसँगै फेरि काठमाडौं उपत्यकासहित देशभर फेरि कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ ।

दसैँमा पिसिआर परीक्षण कम भएकाले संख्या कम भएको थियो । तर, पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १ हजार ६ सय १५ जनामा कोरोना संक्रमण भएको छ ।

काठमाडौंमा १ हजार ३ सय ३८ जना, भक्तपुरमा ९७ जना र ललितपुरमा १ सय ८० जनासहित पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १ हजार ६ सय १५ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका २ हजार ३ सय ६४ जनासहित देशभर संक्रमितको संख्या १ लाख ६४ हजार ७ सय १८ पुगेको छ । संक्रमितमध्ये १ लाख २४ हजार ८ सय ६२ जना निको भएर घर फर्किएका छन् ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट १७ जनाको मृत्यु भएको छ । अहिलेसम्म कोरोनाबाट देशभर ज्यान गुमाउनेको संख्या ९ सय ४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...