रवि लामिछाने र उनकी पत्नी निकिता पौडेलमा कोरोना संक्रमण

Rabi lamichhane nikita paudel

काठमाडौं । सञ्चारकर्मी सञ्चारकर्मी रवि लामिछाने र उनकी पत्नी निकिता पौडेलमा कोरोना संक्रमण भएको छ । सामाजिक सञ्जालमार्फत लामिछानेले आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन् ।

मंगलबार राति ज्वरो आएको र शंका लागेर पिसिआर टेष्ट गर्दा संक्रमण पुष्टि भएको हो । उनले केही पेशागत क्रियाकलापले र केही आफ्नै लापरबाहीले संक्रमण भएको हुनसक्ने बताएका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘गत मंगलबार रातिबाट हल्का ज्वरो आएपछि हिजो पीसीआर टेष्ट गर्दा, म र निकिता दुवैमा कोरोना पोजेटिभ देखिएको छ । हामी दुवैको स्वास्थ्य सामान्य छ । केही पेशागत क्रियाकलापले र केही आफ्नै लापरबाहीले संक्रमण भएको हुन सक्दछ । घरमा हामी दुई मात्र छौं त्यसैले धेरै समस्या छैन तर घरमा वृद्धअवस्थाका सदस्यहरु हुनेले चाहिँ बिल्कुल लापरबाही नगरौं ।’

दुबै जनाको स्वास्थ्य अवस्था भने सामान्य छ । लामिछानेले कोरोनाका विषयमा लापरबाही नगर्न सबैलाई आग्रह गरेका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...