फेरि उपत्यकामा ह्वात्तै बढ्यो संक्रमण, पछिल्लो २४ घण्टामा ८४३ जनामा कोरोना संक्रमण पुष्टि

Kathamandu vally corona

काठमाडौं । दशैंको विदा सकिएकै दिन फेरि नेपालमा कोरोना संक्रमित बढेको छन् । मंगलबारको तुलनामा बुधबार काठमाडौं उपत्यकामा पनि झण्डै तीन गुणाले कोरोना संक्रमण बढेको छ ।

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ८ सय ४३ जनामा कोरोना संक्रमण भएको छ ।

काठमाडौंमा ६ सय ९६ जना, भक्तपुरमा २९ जना र ललितपुरमा १ सय १८ जनासहित पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ८ सय ४३ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

मन्त्रालयका अनुसार मंगलबार काठमाडौं उपत्यकामा २५२ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका २ सय २५ जना, ललितपुरका २३ र भक्तपुरका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

पछिल्लो २४ घन्टामा १ हजार ९ सय ५४ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका १ हजार ९ सय ५४ जनासहित देशभर संक्रमितको संख्या १ लाख ६३ हजार ३ सय ५४ पुगेको छ । संक्रमितमध्ये १ लाख २१ हजार ८ सय २४ जना निको भएर घर फर्किएका छन् ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । अहिलेसम्म कोरोनाबाट देशभर ज्यान गुमाउनेको संख्या ८ सय ८७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...