ल्याब खुलेकै दिन तीन गुणाले बढे संक्रमित, पछिल्लो २४ घण्टामा १ हजार ९५४ जनामा कोरोना संक्रमण पुष्टि

Corona test19

काठमाडौं । दसैँका कारण पिसिआर परीक्षणमा कमी आए पनि दशैंको विदा सकिएकै दिन फेरि नेपालमा कोरोना संक्रमित बढेको छन् । मंगलबारको तुलनामा बुधबार तीन गुणाले कोरोना संक्रमण बढेको छ ।

पछिल्लो २४ घन्टामा १ हजार ९ सय ५४ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मंगलबार ५ सय ७० जनामा कोरोना संक्रमण भएको थियो । तर बुधबार फेरि बढेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका १ हजार ९ सय ५४ जनासहित देशभर संक्रमितको संख्या १ लाख ६३ हजार ३ सय ५४ पुगेको छ । संक्रमितमध्ये १ लाख २१ हजार ८ सय २४ जना निको भएर घर फर्किएका छन् ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । अहिलेसम्म कोरोनाबाट देशभर ज्यान गुमाउनेको संख्या ८ सय ८७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तो छ स्वास्थ्य मन्त्रालयको तथ्यांक

 

 

प्रतिकृया दिनुहोस