संक्रमितका लागि बरदान सावित हुन थाल्यो ‘एस्पिरिन’, आधाभन्दा बढी मृत्युदर घटायो

Spiring corona medicin

काठमाडौं । कोरोना संक्रमणको विश्वब्यापी महामारी चलिंरहंदा यसविरुद्धका प्रयासहरु पनि जारी नै छन । यसको रोकथाम र उपचारका लागि औषधिको विकास गर्ने क्रम चलिरहेको छ ।

विभिन्न मुलुकका धेरैजसो वैज्ञानिकहरु खोप विकासको अन्तिम चरणमा पुगेका थुप्रै समाचारहरु पनि सुन्दै आइरहेका छौं । तर तत्कालका लागि कोरोना संक्रमित विरामीको उपचार गर्ने अचुक औषधि छैन । तसर्थ हालसम्मको उपचार प्रकृया प्रयोगात्मक शैलीमै आधारित छ ।

कोरोना भाइरसको औषधि उपलब्ध नभए पनि विरामीको जीवन बचाउने चिकित्सकहरुको यस्तो प्रयासले विरामीलाई निको पार्न र मृत्युदर घटाउन उल्लेखनीय भूमिका खेलेको छ । यसै सन्दर्भमा अनुशन्धानकर्ताहरुको अध्ययनले अर्को एउटा औषधिको प्रयोगले कोरोना संक्रमित विरामीहरुको मृत्युदर घटाउन सकिने तथ्य फेला पारेको छ । जसअनुसार अस्पतालमा उपचाररत कोरोना संक्रमित विरामीहरुलाई मृत्युबाट बचाउन ‘एस्पिरिन’ नामक औषधि सफल भएको तथ्य अनुशन्धानकर्ताहरुले पत्ता लगाएका हुन ।

अमेरिकाको युनिभर्सिटी अफ मेरिल्याण्ड स्कुल अफ मेडिसिनका विशेषज्ञहरुको अध्ययनले यस्तो आशाको किरण देखाएको हो । उनीहरुका अनुसार अस्पतालमा उपचाररत कोरोना संक्रमित विरामीहरुलाई दैनिक कम डोजका दरले एस्पिरिन ट्याब्लेट खुवाउँदा आईसियूमा भर्ना गर्नुपर्ने र भेन्टिलेटरको प्रयोग गर्नुपर्ने अवस्थामा ४० प्रतिशत भन्दा बढीले कमी आएको छ । त्यस्तै कारोना संक्रमित विरामीहरुको मृत्युदर पनि झण्डै आधा घटाएको छ ।

सामान्यतया एस्पिरिन चक्की टाउको दुखाई, महिलाहरुको मासिक धर्म, मांसपेशिहरुमा हुने चोट, सर्दी, फ्लु, जोर्निको समस्याका कारण हुने दुखाई र ज्वरो जस्ता समस्यामा प्रयोग गरिन्छ । हृदयघात काम गर्न तथा रगत पातलो बनाउनका लागि पनि एस्पिरिनको प्रयोग हुँदै आएको छ ।

रगत जम्ने र चोक्टा चोक्टा भएर रक्त प्रवाहमा हुने अवरोधलाई रोक्न सक्ने एस्पिरिनको क्षमताले नै कोरोना संक्रमित विरामीहरुलाई निको पार्न सकेको विशेषज्ञहरुले बताएका छन ।

किनकी कोरोना संक्रमित विरामीको रगत चिप चिप लाग्ने खालको बाक्लो हुँदै जान्छ र धमनीहरुबाट हुने रक्त प्रवाहलाई रोक्छ । कोरोना संक्रमित विरामीहरुको उपचारका क्रममा चर्चा कमाउन सफल एस्पिरिन नामक औषधि ननस्टेरायडल एन्टी–इनफ्लेमेटरी ड्रग (एनएसएआईडी) श्रेणीमा पर्छ ।

यो बर्गमा पर्ने प्यारासिटामोल र इब्रुफिन जस्ता औषधिहरु बारे भने पर्याप्त अध्ययन हुन सकेको छैन । कोरोना संक्रमितको उपचारमा एनएसएआईडी श्रेणीमा पर्ने ईब्रुफिनको प्रयोग गर्न हानिकारक रहेको कुनै तथ्य फेला नपरेको ब्रिटेनको सरकारी स्वास्थ्य निकाय नेशनल हेल्थ सर्भिस (एनएचएस) लाई उद्धृत गर्दै डेलिमेलले जनाएको छ ।

प्रतिकृया दिनुहोस