बाँकेका प्रमुख जिल्ला अधिकारी कुरुम्बाङलाई कोरोना सङ्क्रमण

Ram bahadur kurungbang

नेपालगञ्ज । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङलाई कोरोना सङ्क्रमण भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालको प्रयोगशालामा गरिएको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो ।

प्रमुख जिल्ला अधिकारी कुरुम्वाङ जिल्ला प्रशासन कार्यालयमा रहेको निजी निवास मै आइसोलेसन बसेका छन् । उनको स्वास्थ्य अवस्था भने सामान्य छ ।

प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले आफुमा सङ्क्रमण पुष्टि भएको जानकारी गराउँदै आफुसँग सम्पर्कमा रहेका सबैलाई विशेष सावधानी अपनाउन अअग्रह गरेका छन् ।

बाँकेमा यसअघि सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेललाई सङ्क्रमण देखिएको थियो ।

यसैबीच बाँकेका दुई कोरोना विशेष आइसोलेसन अस्पतालमा उपचाररत २० संक्रमित सिकिस्त रहेका छन् । भेरी अस्पताल नेपालगञ्जमा १२ र शिक्षण अस्पताल कोहलपुरमा उपचाररत २० संक्रमित सिकिस्त रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

भेरी अस्पतालमा ३४ मध्यम र ३ सामान्यखालका बिरामी छन् । शिक्षण अस्पताल कोहलपुरमा १२ मध्यम र १६ सामान्य खालका विरामी स्वास्थ्य लाभ गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस