संविधानसभा सदस्य चौधरीको कोरोना संक्रमणबाट मृत्यु, नेपालमा मृतकको संख्या ८७६ पुग्यो

Rampur chaudhary saptari

काठमाडौं । संविधानसभा सदस्य मानपुर चौधरीको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

सप्तरीको कञ्चनरुप नगरपालिका–४ जगतपुर निवासी चौधरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता हुन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ सय ७६ पुगेको छ ।

ज्वरो, खोकी, कमजोरी तथा स्वासप्रस्वासको समस्या भएका ६० वर्षीय चौधरीलाई गत कात्तिक ३ गते बिहान कोरोना संक्रमण पुष्टि भएको थियो ।बिराटनगरमा उपचारपछि घर फर्केका चौधरीको स्वास्थ्यमा सुधार नभएपछि कञ्चनरुपस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा अक्सिजन दिएर राखिएको थियो ।

चौधरीको स्वास्थ्य समस्या बढेपछि कात्तिक २ गते राति नै धरान रेफर गरिएको थियो । उनको पीसीआर रिपोर्ट पोजिटिभ आएको थियो । उनको धरानस्थित बि.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचार भइरहेको थियो । चौधरी २०७० सालको संविधानसभाको निर्वाचनमा सप्तरीको निर्वाचन क्षेत्र १ बाट निर्वाचित भएका थिए ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका ५ सय ७० जनासहित देशभर संक्रमितको संख्या १ लाख ६० हजार ४ सय पुगेको छ । संक्रमितमध्ये १ लाख १८ हजार ८ सय ४३ जना निको भएर घर फर्किएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...