कोरोनामुक्त हुनेको सङ्ख्या ७४.१ प्रतिशत, हालसम्म एक लाख १८ हजार ८४३ जना कोरोनामुक्त

Corona discharge all nishannews

काठमाडौं । नेपालमा कुल संक्रमितको संख्या १ लाख ६० हजार ४ सय पुगेको छ । सँगै नेपालमा कोरोनामुक्त हुनेको सङ्ख्या ७४.१ प्रतिशत नाघेको छ ।

पछिल्लो २४ घन्टामा तीन हजार १ सय ६८ जना कोरोनामुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म एक लाख १८ हजार ८ सय ४३ जना कोरोनामुक्त भएका छन् ।

प्रदेश १ मा ११ हजार २९, प्रदेश २ मा १६ हजार ४ सय ७८, बागमतीमा ५७ हजार ९ सय ५५, गण्डकीमा पाँच हजार ७ सय ६०, लुम्बिनीमा १४ हजार ५ सय १०, कर्णालीमा चार हजार ६ सय २० र सुदूरपश्चिममा आठ हजार ४ सय ९१ संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । 

हाल नेपालमा ४० हजार ६ सय ८१ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये २ सय ८१ को सघन उपचार कक्ष र ७१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । कूल ३२ हजार ४ सय ६४ संक्रमित होम आइसोलेसनमा छन् ।

झापा, मोरङ, सुनसरी, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, नवलपरासी पूर्व, दाङ, रुपन्देही, बाँके, सुर्खेत र कैलालीमा ५ सयभन्दा बढी सक्रिय संक्रमित छन् ।

मंगलबार प्रदेश १ मा ३५, प्रदेश २ मा १५, बागमतीमा २ सय ७३, गण्डकीमा ८० र लुम्बिनीमा १ सय ६७ जनामा संक्रमण पुष्टि भएको छ । कर्णाली र सुदूपश्चिममा मंगलबार संक्रमित भेटिएका छैनन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...