पिसिआर टेष्ट कम हुँदा पनि पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकाभित्र थपिए २५२ जना संक्रमित

Kathamandu vally corona

काठमाडौं । काठमाडौं उपत्यकामा पनि कोरोना संक्रमण घटेको छ । दसैँका कारण पिसिआर परीक्षण नभएपछि कोरोना संक्रमितको संख्या घटेको हो । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा २ सय ५२ जनामा कोरोना संक्रमण भएको छ ।

दसैँका कारण पिसिआर परीक्षणमा कमी आएसँगै दैनिक कोरोना संक्रमितको संख्यामा पनि कमी आएको छ । सोमबारभन्दा मंगलबार संक्रमितको संख्यामा कमी आएको छ ।

पछिल्लो २४ घन्टामा जम्मा ५ सय ७० जनामा कोरोना संक्रमण भएको । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ६० हजार ४ सय पुगेको छ ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा २ सय ५२ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका २ सय २५ जना, ललितपुरका २३ र भक्तपुरका ४ जना छन् ।

रुपन्देहीका ७९, नवलपुर र दाङका ५५/५५ जना, सुनसरीका २८, बाँकेका १४, धनुषा र काभ्रेका ११/११, नवलपरासीका ७, म्याग्दी र बाग्लुङका ५/५ जना, मोरङ र कपिलवस्तुका ४/४ जना, धादिङ र गुल्मीका ३/३ जना तथा रौतहट, रामेछाप, सिन्धुपाल्चोक, स्याङ्जा, अर्घाखाँची र बर्दियाका २\२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै उदयपुर, पाँचथर, भोजपुर, बारा, सिराहा, चितवन, दोलखा, नुवाकोट, गोरखा र प्युठानका १/१ जनामा पनि संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा संक्रमितमध्ये १ लाख १८ हजार ८ सय ४३ जना निको भएर घर फर्किएका छन् ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको छ । अहिलेसम्म कोरोनाबाट देशभर ज्यान गुमाउनेको संख्या ८ सय ७६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...