शनिबार थपिए नयाँ २२२५ जना संक्रमित, नेपालमा संक्रमितको १ लाख ५५ हजार २३३ जना पुग्यो

यस्तो छ स्वास्थ्य मन्त्रालयको विवरण

Corona test logo

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या बढेसँगै सक्रिय संक्रमितको संख्या पनि बढेको छ । शनिबार थप २२२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ८४६ जनाको पीसीआर परीक्षण गर्दा २२२५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका २ हजार २ सय २५ जनासहित देशभर संक्रमितको संख्या १ लाख ५५ हजार २ सय ३३ जना पुगेको छ । संक्रमितमध्ये १ लाख ८ हजार ३ सय ३४ जना कोरोना मुक्त भएका छन् भने कोरोना संक्रमणले ८ सय ४२ जनाको ज्यान गएको छ ।

नेपालमा सक्रिय संक्रमितको संख्या ४६ हजार ५७ पुगेको छ भने पछिल्लो २४ घन्टामा १३ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ ।

यस्तो छ स्वास्थ्य मन्त्रालयको विवरण

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...