पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई दम्पतिलाई नै कोरोना संक्रमण पुष्टि

Dr.baburam hisila yami

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीको संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

डा. भट्टराई स्वयंले शनिबार विहान ८ः२४ बजे सामाजिक सञ्जाल ट्वीटरमार्फत आफु र परिवारलाई कोरोना संक्रमण भएको जानकारी दिए ।

भट्टराईले शुक्रबार गरिएको स्वाबको परीक्षण नतिजा पोजिटिभ आएको जानकारी दिए । संक्रमण पुष्टि भएपछि चिकित्सकहरूको सल्लाह बमोजिम दुवै जना होम आइसोलेसनमा छन् ।

‘हिसिला र म दुबैलाई कोभिड –१९ को संक्रमण पुष्टी भएको छ । कार्तिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा पोजिटीभ आएको हो । चिकित्सकहरूको सल्लाह बमोजिम हामी होम आइसोलेसनमा नै रहनेछौं । केही समय यता हाम्रो सम्पर्कमा रहनुभएका महानुभावहरू सबैले सतर्कता अपनाउनुहुन विशेष आग्रह छ’ भट्टराईले आफुलाई कोरोना संक्रमण भएको यसरी जानकारी दिएका छन् ।

भट्टराईले केही समययता आफूहरुसँग सम्पर्कमा रहेका सबैलाई सतर्कता अपनाउन आग्रह पनि गरेका छन् ।

प्रतिकृया दिनुहोस