पछिल्लो २४ घण्टामा थपिए ४ हजार ४९९ जना कोरोना संक्रमित, नेपालमा संक्रमितको संख्या १ लाख ५३०८ पुग्यो

Corona news 10

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या सरदरमा बढ्दो क्रममा छ । बिहीबार पनि नेपालमा कोरोना संक्रमितको संख्या उच्च देखिएको छ ।

पछिल्लो २४ घन्टामा देशभर ४ हजार ४ सय ९९ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै कुल संक्रमितको संख्या १ लाख ५३ हजार ८ पुगेको छ ।

देशभरका प्रयोगशालामा १६ हजार ८६३ नमुना परीक्षण गर्दा १६९० महिला र २८०९ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार संक्रमितमध्ये १ लाख ५ हजार ४ सय ८८ जना कोरोना मुक्त भएका छन् भने देशभर कोरोनाबाट ८ सय २९ जनाको मृत्यु भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...