प्रदेश नं. १ का सामाजिक विकासमन्त्री हिक्मत कार्कीलाई कोरोना संक्रमण

Hikmat karki

विराटनगर । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीलाई कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्री कार्कीलाई बिहीबार पुनः गरिएको पिसिआर परिक्षणमा संक्रमण पुष्टि भएको हो ।

उनको स्वास्थ्य अबस्था सामन्य रहेको छ भने विराटनगरस्थित निवासमा नै होम आइसोलेसनमा बसिरहेका छन् ।

मन्त्री कार्कीले आफ्नो फेसबुक पेजमार्फत संक्रमण भएको सार्वजनिक गरेका हुन् । उनले आफ्नो निकट सम्पर्कमा रहेका व्यक्तिहरुलाई सावधानी अपनाउन पनि आग्रह गरेका छन् ।

यसअघि पनि कन्ट्याक ट्रेसिङको आधारमा असोज २९ गते परिक्षण गर्दा उनको रिपोर्ट नेगेटिभ आएको थियो । त्यसबेला सामान्य रुघाखोकी लगायत असर भए पनि होम आइसोलेसनमा बसेका थिए ।

यसअघि प्रदेन नं. का सामाजिक विकास मन्त्री जीवन घिमिरे, प्रदेश सांसद कुसुम श्रेष्ठसहितलाई कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरु संक्रमणमुक्त भइसकेका छन् । 

प्रतिकृया दिनुहोस