काठमाडौं उपत्यकाभित्र पछिल्लो २४ घण्टामा १ हजार ५५२ जनामा संक्रमण पुष्टि

Kathmandu 22

काठमाडौं । देशभर फेला परेका संक्रमितमध्ये झण्डै आधा काठमाडौं उपत्यकाका रहेका छन् । पछिल्लो २४ घन्टामा उपत्यकाका १ हजार ५ सय ५२ जनामा कोरोना संक्रमण भएको छ ।

काठमाडौंमा १ हजार २ सय ८३ जना, भक्तपुरमा १ सय १२ जना र ललितपुरमा १ सय ५७ जनासहित पछिल्लो २४ घन्टामा उपत्यकामा १ हजार ५ सय ५२ जनामा कोरोना संक्रमण भएको छ ।

बुधबारको तुलनामा बिहीबार नेपालमा कोरोना संक्रमितको संख्या घटेको छ । बुधबार नेपालमा एकैदिन ५ हजार ७ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो

बिहीबार भने झण्डे आधाको हाराहारीमा संक्रमिति घटेका छन् । अर्थात् बिहीबार पछिल्लो २४ घन्टामा ३ हजार ६ सय ३७ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमितमध्ये झण्डै आधा काठमाडौं उपत्यकाका छन् । पछिल्लो २४ घन्टामा थपिएका ३ हजार ६ सय ३६ जनामा कोरोना संक्रमण भएसँगै देशभर कोरोना संक्रमितको संख्या १ लाख ४८ हजार ५ सय ९ पुगेको छ ।

नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमितमध्ये १ लाख २ हजार ८ सय २० जना कोरोना मुक्त भएका छन् भने कोरोना संक्रमणका कारण ८ सय १२ जनाले ज्यान गुमाएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...