कोरोना संक्रमणबाट एकै दिन कांग्रेसका दुई जना महाधिवेशन प्रतिनिधिको मृत्यु

Dead body 860x573 yu4fnfyud3 12

काठमाडौँ । कोरोना भाइरस संक्रमणबाट बुधबार एकै दिन नेपाली कांग्रेसका दुई जना महाधिवेशन प्रतिनिधिको मृत्यु भएको छ । बुधबार सप्तरी र कञ्चनपुरमा दुई जना कांग्रेस नेताले संक्रमणको कारण ज्यान गुमाएका हुन् । सप्तरीको कञ्चनपुर गाविसका पूर्व उपाध्यक्ष एवं कांग्रेस महाधिवेशन प्रतिनिधि रामभरोसी गुप्ताको संक्रमणबाट मृत्यु भएको छ।

कञ्चनपुर रौनियार समितिका अध्यक्षसमेत रहेका गुप्ताको ६५ वर्षको उमेरमा विराटनगरमास्थित विराट नर्सिङ होममा उपचारका क्रममा मृत्यु भएको हो। गुप्तामा मधुमेह, मुटु रोग, निमोनिया र किड्नीसम्बन्धी समस्यासमते रहेको पारिवारिक स्रोतले जनाएको छ। कांग्रेस सप्तरीले शोक वक्तव्य जारी गर्दै गुप्ताको निधनप्रति दुःख व्यक्त गरेको छ।

त्यसैगरी कोरोना संक्रमणको कारण डोटीमा पनि कांग्रेस नेता तेजबहादुर पुन मगरको मृत्यु भएको छ। केआईसिंह गाउँपालिका ४ को पूर्वीयाबगर घर भएका ५० वर्षीय पुनको उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा बुधबार मृत्यु भएको हो।

अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठकाअनुसार नेता पुनमा निमोनियाको समस्या थियो । कांग्रेस डोटीका महाधिवेशन प्रतिनिधि उनी नेपाल आदिवासी जनजाति सङ्घ डोटीका अध्यक्षसमेत थिए । उनको निधनप्रति कांग्रेस डोटी जिल्ला कमिटिले दुःख व्यक्त गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...