कोरोनाबाट मृतकको संख्या पनि बढ्यो, पछिल्लो २४ घण्टामा २६ जनाको मृत्यु

Coronavirus death body

काठमाडौं । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै संक्रमित फेला परेका छन् भने मृतकको संख्या पनि बढेको छ । पछिल्लो पटक कोरोना भाइरसको संक्रमणबाट काठमाडौं उपत्यकामा ८ जनासहित २६ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा कोरोनाबाट २६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संख्या २४ घन्टामा गुमाउने अहिलेसम्मै धेरै हो । अहिलेसम्म कोरोना संक्रमणबाट देशभर ७ सय ९१ जनाको मृत्यु भएको छ ।

चाबहिल, काठमाडौंका ८६ वर्षीय पुरुषको सोमबार मृत्यु भएको छ । ३० असोजमा अस्पताल भर्ना भएकी उनलाई उच्च रक्तचाप र मिर्गौलासम्बन्धी रोग पनि थियो ।

नयाँबजार, काठमाडौंका ७४ वर्षीय पुरुषको सोमबार एक अस्पतालमा मृत्यु भएको छ । मिर्गौलासम्बन्धी दिर्घरोग भएका उनलाई २७ असोजमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

काठमाडौंका ८१ वर्षीय पुरुषको सोमबार मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या भएर १८ असोजमा एक अस्पताल भर्ना भएका उनलाई २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी उच्च रक्तचाप र मधुमेहका समेत विरामी थिए ।

मैतीदेवी, काठमाडौंकी ४२ वर्षीया महिलाको मंगलबार मृत्यु भएको छ । निमोनिया र शक भएर ३ कात्तिकमा अस्पताल भर्ना भएकी उनलाई सोही दिन कोरोना पुष्टि भएको थियो । उनी दम, उच्च रक्तचाप र मधुमेहका विरामी थिइन् ।

कोटेश्वर, काठमाडौंकी ४९ वर्षीया महिलाको मंगलबार मृत्यु भएको छ । उनलाई २६ असोजमा कोरोना पुष्टि भएको थियो भने २७ गते निमोनिया र मुटुको समस्या देखिएर अस्पाल भर्ना भएकी थिइन् ।

कपन, काठमाडौंका ६२ वर्षीय आइतबार मृत्यु भएको छ । १ कात्तिकका कोरोना संक्रमण पुष्टि भएका उनी सोही दिन अस्पताल भर्ना भएका थिए ।

बत्तीसपुतली, काठमाडौंका ४७ वर्षीय पुरुषको मंगलबार मृत्यु भएको छ । निमोनिया, मुटु र कलेजोसम्बन्धी समस्या लिएर १९ असोजमा अस्पताल भर्ना भएका उनलाई २८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

काठमाडौंका ६३ वर्षीय पुरुषको मंगलबार मृत्यु भएको छ । १ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएका उनी निमोनिया भएर २ गते अस्पताल भर्ना भएका थिए ।

भक्तपुरका ७४ वर्षीय पुरुषको सोमबार मृत्यु भएको छ । दमको बिरामी समेत रहेका उनी २४ असोजमा अस्पताल भर्ना भएका थिए भने २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

भक्तपुरकी ४२ वर्षीया महिलाको मंगलबार मृत्यु भएको छ । उच्च रक्तचाप र मिर्गौलासम्बन्धी रोगबाट पीडिन उनी निमोनिया र मुटुको समस्या लिएर २८ असोजमा अस्पताल भर्ना भएकी थिइन् भने २९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

देकोचा, भक्तपुरका ७२ वर्षीय पुरुषको मंगलबार मृत्यु भएको छ । १ कात्तिकमा कोरोना पुष्टि भएकाउनी निमोनिया भएर २ गते अस्पताल भर्ना भएका थिए ।

बुटवल उपमहानगरपालिका ११, रूपन्देहीका ४७ वर्षीय पुरुषको बुधबार कोरोना विशेष अस्पतालमा मृत्यु भएको छ । २४ असोजमा कोरोना संक्रमण पुष्टि भएका उनी सोही दिन अस्पताल भर्ना भएका थिए ।

बुटवल उपमहानगरपालिका १७, रूपन्देहीका ८१ वर्षीय पुरुषको कोरोना विशेष अस्पतालमा मृत्यु भएको छ । उनलाई २७ अरोजमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

ललितपुरका ४५ वर्षीय पुरुषको मंगलबार मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या भएर १ कात्तिकमा अस्पताल भर्ना भएका उनलाई ४ गते कोरोना संक्रमण देखिएको थियो । उनी फोक्सोको क्यान्सर र मधुमेहका समेत विरामी थिए ।

धादिङका ८६ वर्षीय पुरुषको बुधबार मृत्यु भएको छ । १ कात्तिकमा कोरोना पुष्टि भएका उनलाई ४ गते अस्पताल भर्ना गरिएको थियो ।नुवाकोटकी ७० वर्षीय महिलाको बुधबार मृत्यु भएको छ । निमोनिया भएर २८ असोजमा अस्पताल भर्ना भएकी उनलाई २ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

रत्ननगर नगरपालिका १२, चितवनका ४० वर्षीय पुरुषको बुधबार चितवन मेडिकल कलेजमा मृत्यु भएको छ । ज्वरो र निमोनियासम्बन्धी समस्या लिएर २३ असोजमा अस्पताल भर्ना भएका उनलाई सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो । वीरगञ्ज महानगरपालिका ४, पर्साका ५४ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

गडी, सुनसरीकी ५५ वर्षीया महिलाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । मंगलबार अस्पताल भर्ना भएकी उनी उच्च रक्तचापकी बिरामी थिइन् ।

बेलाडी, कञ्चनपुरका २४ वर्षीय पुरुषको मंगलबार नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको छ । ३० असोजमा अस्पताल भर्ना भएका उनलाई ३ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...